आज श्रीकृष्ण जन्माष्टमी देशभर मनाइँदै
१० भदौ । आज श्रीकृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन धर्मालम्बीहरुले श्रद्धापुर्वक भगवान कृष्णको पूजा अराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइरहेका छन् ।
जनकपुरधामको रेलवे स्टेशन परिसर र श्रीकृष्ण मन्दिरमा विशेष तामझामका साथ पूजापाठ गरिदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण पक्ष अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई जन्माष्टमी र रातलाई मोहरात्रीको रुपमा मनाइन्छ ।
आज गाउँ गाउँमा मेला, भजन किर्तन, प्रवचन आयोजना गरिएको छ भने महिलाहरुले व्रत बस्ने गरेका छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृतिबाट मानवको रक्षाका लागि श्रीकृष्णले भगवान विष्णुको आठौं अवतारका रुपमा जन्म लिएर आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
आजको दिन नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गरेको छ ।