१५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

९ भदौ । महोत्तरीस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार बिहान १० बजे जलेश्वरको मलिवाडा इलाकाबाट बिहारको वैशाली जिल्लास्थित हाजीपुर बस्ने ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

बी आर ३१ ए के ८८०७ नम्बरको अल्टो कार चेकजाँचको क्रममा १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत खुलाउन नसकेपछि कार र रकमसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

ADVERTISEMENT

स्रोत खुलाउन नसकेको भारतीय रुपैयाँसहित पक्राउ परेका दुवै जनालाई आइतबार कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box
न्यूज आज