भारतीय सेनाले लिएर गयो पर्यटकको शव

८ भदौ । नेपाल घुम्न आएका भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको शव शनिबार भारत पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले भारतीय सेनाको जहाजमा २७ मध्ये २५ वटा शव लिएर गएको हो । बसका चालक र सहचालकको शव भने एम्बुलेन्समा राखेर स्थलमार्गबाट पठाइएको छ । चालक र सहचालक नेपालको सीमा नजिकको जिल्लाका भएकाले उनीहरुको शव एम्बुलेन्समा पठाइएको हो ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट भएको भारतीय तिर्थालु चढेको बस तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी नदीको किनारमा खसेको थियो । बसमा सवार चालक र सहचालक समेत २७ जनाको मृत्यु भएको हो ।

ADVERTISEMENT

घटनामा घाइते भएका १६ जनालाई उद्धार गरी काठमाडौंमा उपचार भइरहेको छ । शनिबार बिहान भारतीय राज्यमन्त्री खड्सेले घाइतेहरुलाई भेटेर उपचारमा सहजीकरण गरिदिन नेपाल सरकारलाई आग्रह गरेकी थिइन् ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: