कांग्रेस बैठकः साउन २८ गते स्थगित, आजदेखि सुरु हुँदै
७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक आज पुनः बस्ने भएको छ । गत साउन २८ गते स्थगित बैठकमा प्रस्तुत भएका ११ वटा प्रस्तावमाथि नेताहरु बोल्ने क्रम जारी रहनेछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रस्तावले पार्टीभित्र हलचल बढेको छ ।
नेपाली कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन गर्न नहुने गगन थापाको प्रस्ताव र प्रधानमन्त्री, मन्त्री तथा सांसद पदमा एक जना व्यक्ति कतिपटकसम्म जान पाउने भन्ने हद कायम गर्नुपर्ने विश्वप्रकाश शर्माको प्रस्ताव पार्टीभित्र चर्चाको विषय बनेको हो ।
साउन २८ गते लामो समयको लागि बैठक स्थगित गर्नुको कारण पनि दुई महामन्त्रीको प्रस्तावलाई सकेजति मिलाउन खोज्नु थियो ।
शुक्रबारदेखि पुनः उक्त प्रस्तावहरु उपर नेताहरु बोल्ने क्रम अघि बढ्ने जनाइएको छ ।
Facebook Comments Box