आमरण अनसनप्रति नागरिक समाजको समर्थन
६ भदौ । हुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने कमला पुल पुनर्निर्माणको माग गर्दै जनकपुरधाममा बसेको आमरण अनसनप्रति सिरहा नागरिक समाजले समर्थन जनाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सिरहा नागरिक समाजले आमरण अनसनमै बसेर उठाइएको मुद्दाको छिटो सुनुबाई होस् भन्दै बिहीबारदेखि सिरहा बजार बन्दको घोषणा गरेको छ । बजार क्षेत्रमा मोटरसाइकल जुलुस निकालेर बजार बन्द गराउँदै आन्दोलनलाई प्रभावकारी बनाउन उनीहरुले जनसमर्थनको लागि अपिल गरेका हुन् ।
नागरिक समाजले शुक्रबारदेखि अनिश्चितकालिन बजार बन्दगरी चक्काजाम गर्ने र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्दको लागि पनि अपिल गरेको छ ।
Facebook Comments Box