आमरण अनसनकारीलाई स्लाइनको भर

६ भदौ । हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा नयाँ पुल माग्दै आमरण अनसनमा बसेका १० जना मध्ये ७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।

अनसन कार्यक्रमका संयोजक ईन्जिनियर प्रविण यादव, सिरहा नगरपालिका –४ का वडा अध्यक्ष मोहम्मद शमसाद, औरही गाउँपालिका –३ का वडा अध्यक्ष जीवछ यादव, सोही गाउँपालिका –४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, सिरहा नगरपालिका –८ का वडा सदस्य ईन्जिनियर रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादवलाई स्लाइन लगाइएको छ ।

शारीरिक रुपले कमजोर भएका अनसनकारीहरुको स्वास्थ्यमा थप समस्या आउन नदिन तत्काल स्लाइन लगाइएको जनाइएको छ ।

ADVERTISEMENT

गत मंगलबारदेखि बसेको आमरण अनसन आज (बिहीबार) तेस्रो दिन जारी छ ।

Facebook Comments Box
न्यूज आज