धनुषामा आएर गृहमन्त्री लेखकले भने, ‘प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिसक्यो’

६ भदौ । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

बिहीबार बिहान जनकपुरधाम आइपुगेका मन्त्री लेखकले मधेशबाटै जोडतोडका साथ आवाज उठेको प्रदेश प्रहरी सम्बन्धी कानुन बनाउने प्रक्रिया अघि बढेको बताएका हुन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले अर्थतन्त्रलाई क्रियाशिल बनाउने, आर्थिक गतिविधिलाई गतिशिल बनाउने र संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ हुनेगरी काम गर्ने प्राथमिकता सरकारको रहेको बताए ।

ADVERTISEMENT

नयाँ समिकरणको सरकारले दिगो शान्ति, सुशासन र विकासको लक्ष्यमा पुग्ने विषयमा केन्द्रीत भएर काम गरिरहेको जिकिर गरे ।

Facebook Comments Box
न्यूज आज