आमरण अनसनमा चार वडा अध्यक्ष

५ भदौ । हुलाकी राजमार्ग अन्तरगत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै गत मंगलबारदेखि जनकपुरमा मुख्यमन्त्री कार्यालय अगाडी सामुहिक आमरण अनसन सुरु भएको छ ।

सिरहा नगरपालिकामा सव–ईन्जिनियर पदमा कार्यरत ईन्जिनियर प्रविण यादवको नेतृत्वमा बसेको अनसनमा चार जना वडा अध्यक्षसमेत पाँच जना जनप्रतिनिधि सहभागी छन् ।

सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, सिरहाकै वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र कुमार यादव र औरहीकै वडा नम्बर ३ का अध्यक्ष जीवछ यादव तथा सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव आमरण अनसनमा बसेका जनप्रतिनिधिहरु हुन् ।

ADVERTISEMENT

सिरहाका सव–ईन्जिनियर प्रविण तथा पाँच जना जनप्रतिनिधिलाई आमरण अनसनमै बसेर साथ दिइरहेका छन्, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, बल्र्ड फर नेपालका मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादव ।

वडा अध्यक्षहरुले पुलका लागि आमरण अनसनमै बस्नुपर्ने अवस्था आएपछि नियमानुसार वडा सदस्यलाई कार्यवाहक अध्यक्ष तोकेर आएको बताउँछन् । लाखौ जनतालाई प्रादेशिक मुकाम जनकपुर आवतजावत गर्न सहज हुने बाटो सुचारुका लागि एक पुल निर्माणमा सरकारले वास्ता नगरेपछि बाध्य भएर आमरण अनसनसम्म पुग्नुपरेको उनीहरुको गुनासो छ ।

Facebook Comments Box
सुरेशकुमार यादव

    ट्याग: