रास्वपाले संविधान संशोधनवारे नीति मन्थन गर्ने
५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज तीनको दिन संविधान संशोधन विषयमा नीति मन्थन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकले संविधान संशोधनको औचित्य र आवश्यक्तामा केन्द्रीत रहेर संविधान जारी भएको दिन असोज तीन गते नीति मन्थन गर्ने निर्णय गरेको हो ।
पार्टीको बैठकले अगामी मंसिरमा प्रस्तावित स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । यसका लागि निर्वाचन केन्द्रीत गतिविधि सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जनाए ।
बैठकले पार्टीका निवर्तमान महासचिव मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणको मौका दिने निर्णय पनि गरेको छ ।
Facebook Comments Box