मधेशबाट खेल्न तयार विदेशी खेलाडी
४ भदौ । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले विदेशी खेलाडीसहितको टिम तयार गरेको छ ।
लिगमा छ टिमले भाग लिने भएको छ । ती मध्ये मधेश युनाइटेडले काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियासहितको टिम तयार गरेको हो ।
एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा कालिनोभाले युनाइटेड मधेशको तर्फबाट खेल्न लागेकी हुन् । ३५ वर्षीया कालिनोभाले राष्ट्रिय टिममा रहेर काजकिस्तानको लिग खेलेको अनुभव छ ।
उनले मधेश युनाइटेको टिमबाट स्पाइकरको भूमिकामा खेल्नेछिन् । मार्की प्लेयरमा राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । टिममा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ एवम् यु –२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् भने अन्य खेलाडीहरु हिरा केसी, पुजा थारु र जसना महतोलाई पनि समेटिएको छ ।
Facebook Comments Box