जनकपुरका शिक्षक फेरि आन्दोलनमा
२ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा अध्यापनरत अस्थायी तथा राहत र बालविकास शिक्षकहरु आन्दोलित भएका छन् ।
वर्षैपिच्छे नयाँ नयाँ सम्झौता गरेपनि आफैले गरेको सम्झौता कार्यान्वयन गर्नुको साटो विद्यालयमा पढाइरहेका शिक्षकलाई अनावश्यक दुःख दिने काम नगरपालिकाले गरेको आरोप शिक्षकहरुको छ ।
नगरपालिकाले विद्यालयको शैक्षिक स्तर सुधारका लागि योजना बनाउनुभन्दा शिक्षकहरुलाई आन्दोलन गर्न बाध्य बनाइरहेको एकथरि गुनासो छ ।
नगरपालिकाले भने नियुक्ति प्रक्रियामा रित नपुगेका शिक्षकहरुसँग आवश्यक कागजात माग गर्दा उनीहरु आन्दोलनमा लागेको बताउँछ ।
Facebook Comments Box