मधेश सरकारका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

३२ साउन । मधेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अवधकिशोर कुशवाहा लगायत चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्य गर्दा गुणस्तरहीन काम गराएर रकमहिनामिना गरेको ठहर गर्दै अख्तियारले कुशवाहा, पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवका साथै निर्माण व्यवसायी राकेश प्रसाद जायसवालविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरुविरुद्ध पाँच लाख एकतीस हजार चार सय अठ्ठाइस रुपैयाँ पैसा सत्तरी बिगो कायम गरी कानुन अनुसार सजाय र जरिवानासमेत मागदाबी गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ADVERTISEMENT

Facebook Comments Box
न्यूज आज

    ट्याग: