संक्रमणकालिन न्याय सम्बन्धी विधेयक पारित
जनकपुरधाम । संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) बुधबार प्रतिनिधिसभाबाट पारित भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको हो ।
बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबाहेक अन्य सबै सांसदले विधेयकको पक्षमा उभिएका थिए ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।
Facebook Comments Box