मधेश प्रदेशका सबै राज्यमन्त्री बर्खास्त
जनकपुरधाम । मधेश प्रदेश सरकारले आठ जना राज्यमन्त्रीलाई बर्खास्त गरेको छ । अनावश्यक खर्चभार थपेर संघीयतालाई बदनाम गराउन खोजेको भन्दै चौतर्फी विरोध सुरु भएपछि सरकारले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेको हो ।
सरकारले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेपछि एमालेका तीन, जनमतका दुई, नेपाली कांग्रेसका दुई र लोसपाका एक जना राज्यमन्त्री पदमुक्त भएका हुन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले २० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेपछि चौतर्फी आलोचना सुरु भएको थियो भने जसपा निकट युवा र विद्यार्थीहरु सडक प्रदर्शनमै उत्रेका थिए ।
एमालेका राज्यमन्त्रीहरु मोहम्मद जैद आलम, केशव राय र शारदादेवी थापा, जनमतकी रञ्जुकुमारी मण्डल खंग र शम्भु कुमार साह, लोसपाका रामबाबु यादव र कांग्रेसकी रेखा ठाकुर र निलम कुमारी रजक राज्यमन्त्री थिए ।
Facebook Comments Box