जनस्वास्थ्य प्रयोगशालाः धाँधलीमा उत्रिए कर्मचारी, बंगलादेश जस्तो युवा आक्रोश ल्याउने कर्मचारीको तयारी

जनकपुरधाम । प्रदेश सरकारले संघबाट खटाइएको निकायमा हाजिर भई जान निर्देशन गरिसकेका कर्मचारी श्रवण मिश्रले जनकपुरमा युवा विद्रोहको तयारी गरेका छन् ।

आफुलाई यहाँबाट हटाउन पाइँदैन भन्दै जनस्वास्थ्य प्रयोगशालाका पूर्व प्रमुख मिश्र प्रदेशका सबै स्थानीय तहमा कार्यरत प्रयोगशाला कर्मचारीहरुलाई आन्दोलनमा उतार्ने तयारीमा जुटेका छन् ।

उनले यसका लागि सबै स्थानीय तहका कर्मचारीलाई जनकपुर आएर बंगलादेशमा युवाहरुले देखाएको आक्रोश जस्तै प्रदर्शनमा उत्रिन आह्वान गरेका छन् । हिजो (शनिबार) देखि नै आठवटै जिल्लास्थित विभिन्न पालिकामा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुलाई आइतबार जनकपुर पुग्न भनिएको छ ।

ADVERTISEMENT

श्रवण मिश्र प्रयोगशाला प्रमुख पदमा कायम रहे सबैको जागिर जोगिने नभए सबै बेरोजगार हुने अपवाह मिश्र समर्थकहरुले फैलाउने अभियानमा जुटेका छन् ।

Facebook Comments Box
न्यूज आज