मुख्यमन्त्री कार्यालयले भन्छ, ‘२४ घण्टाभित्र गइहाल’, कर्मचारी भन्छन्, ‘अहिले बस्छु’

जनकपुरधाम । बारम्बार काज फिर्ता भएर पनि मधेश प्रदेश छोड्न नचाहेका प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख श्रवण मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४ घण्टाभित्र रमाना हुन ताकेदा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मिथिलेश कुमार महतोले मिश्रलाई साउन २० गते पत्र लेखे, ‘प्रस्तुत विषयमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाह पथ, काठमाडौंको चलानी नं. २५१२ मिति २०८१ असार २० को पत्रबाट तपाईलाई दरबन्दी रहेको निकाय कोशी अस्पताल, विराटनगरमा काज फिर्ता गरिएको हुँदा पत्र पाएको मितिले २४ (चौबीस) घण्टाभित्र बरबुझारथगरी दरबन्दी रहेको निकाय कोशी अस्पताल, विराटनगरमा रमाना लिई जान हुन आदेशा अनुसार अनुरोध छ ।’

शाखा अधिकृत महतोले प्रयोगशाला प्रमुख मिश्रलाई लेखेको उक्त पत्र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाम र प्रदेश लेखा नियन्त्रक कार्यालय समेतलाई बोधार्थ गरिएको छ ।

ADVERTISEMENT

समान्यतया संघीय सरकार अन्तरगतका कर्मचारी रहेको आधारमा मिश्रले उनका विभागीय मन्त्रालयले दिएको काज फिर्ता लिएको पत्र पाउने बित्तिकै तोकिएको निकायमा हाजिर हुनुपर्ने हो ।

तर, मिश्रले उक्त पत्रलाई वास्ता गरेनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिखित रुपमै रमाना लिई २४ घण्टाभित्र गइदिन ताकेदा गरेपनि उनी तयार भएका छैनन् । अहिले पनि कसैगरी पत्र थमौति गर्ने दाउमै लागेको त्यहाँका एक जना अधिकृतले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रलाई आधार मानेर रमाना लिनुपर्नेमा मिश्रले उल्टै जवाफ लेखेर पठाए ।
‘उपरोक्त सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको चलानी नं. १००, मिति ०८० साउन २० गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो’ मिश्रले प्रयोगशालाकै लेटरहेड प्रयोगगरी लेखिएको जवाफी पत्रमा भनिएको छ, ‘आर्थिक कार्यविधि तथा वित्तीय दायित्व नियमावली २०७७ को नियम ८६ बमोजिमको दायित्व पुरा गरी निजामति सेवा नियमावली २०५० को नियम ४० र नेपाल स्वास्थ्य नियमावली २०५५ को नियम ३६ को उपनियम (१) बमोजिमको अवधिभित्र रमाना लिई जाने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

Facebook Comments Box
न्यूज आज

    ट्याग: