मधेश सरकारमा चारजना राज्यमन्त्री थपिदै
जनकपुरधाम । मधेश प्रदेश सरकारमा फेरि चार जना राज्यमन्त्री थप्ने तयारी भएको छ । सकभर मंगलबारै साँझसम्म नवनियुक्त राज्यमन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
चार जना मन्त्री रहेको नेपाली कांग्रेसले तीन जना थप राज्यमन्त्री पठाउन पाउनुपर्ने माग गरेको थियो । मुख्यमन्त्रीको तर्फबाट भने दुई जना राज्यमन्त्री थप्न कांग्रेसलाई भनिएको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट सिरहाका रामबाबु यादव राज्यमन्त्री बन्दैछन् । उनलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री बनाउने सहमति भइसकेको दलका उपनेता उपेन्द्र महतोले जानकारी दिए ।
आजै हुने शपथ ग्रहणमा एमालेको तर्फबाट पनि एक जना राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहेको मधेश भवन स्रोतले जानकारी दियो ।
Facebook Comments Box