बंगलादेशका राष्ट्रपतिले जियालाई गरे रिहा
जनकपुरधाम । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा गरी देश छाडेर हिँडेको भोलीपल्टै पूर्व प्रधानमन्त्री खालिदा जिया रिहा भएकी छिन् ।
राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पूर्व प्रधानमन्त्री जियालाई रिहा गर्न आदेश गरेका हुन् । प्रधानमन्त्री हसिनाले राजीनामा गरेपछि अन्तरिम सरकार गठनको लागि पहल भइरहेको बेला पूर्व प्रधानमन्त्री जियालाई रिहा गरिनु अर्थपुर्ण रुपमा लिइएको छ ।
पूर्व प्रधानमन्त्री जिया हसिनाको विपक्षी दलकी नेता हुन् । उनलाई हसिना सरकारले भ्रष्टाचार मुद्दामा १७ वर्ष कैद सजाय सुनाएको थियो ।
आरक्षण विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनलाई दबाउन खोजेपछि हसिनाले सरकारसँगै देश छोड्नुपर्ने अवस्था आएको हो ।
Facebook Comments Box