विद्रोहीको ‘विद्रोह चेतावनी’ पछि संसद स्थगित

जनकपुरधाम । मधेश प्रदेश सरकारको अवैध रकमान्तर मुद्दाले यतिबेला मधेश प्रदेशसभामा गरमागरमी बहस चलिरहेको छ ।

करिब एक वर्ष लगाएर उच्चस्तरीय छानबिन समितिले तयार गरेको प्रतिवेदन संसदमा टेबुल भएपछि छलफलमा सांसदहरु तातिएका हुन् ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा प्रतिवेदन उपर छलफलको क्रममा सत्ता पक्ष र प्रतिपक्ष विभाजित भएका छन् । सत्तापक्षले प्रतिवेदनमा दोषी देखिएकाहरुलाई कानुन बमोजिम कारबाही हुनुपर्ने आवाज बुलन्द गरिरहेका छन् । प्रतिपक्षी सांसदहरुले भने प्रतिवेदनकै विरुद्ध जिकिरमा लागेका छन् ।

ADVERTISEMENT

प्रतिवेदन उपरकै छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल जसपा नेपालकी सांसद ललिता दास ‘विद्रोही’ ले सत्तापक्षबाट जसपा विरुद्ध एकपछि अर्को षडयन्त्र भइरहेको गुनासो गरिन् ।

‘हिजो पार्टीलाई दुई चिरामा विभाजन गर्ने काम गरियो । अहिले हाम्रा सांसद (पूर्व मन्त्री) लाई फँसाउने जालझेल भइरहेको छ’ विद्रोहीले भने, ‘भोली यस्तो अवस्था नआओस् कि मधेशमा फेरि विद्रोह गर्न परोस् ।’

सांसद विद्रोहीले विद्रोहको कुरा गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने सूचना सार्वजनिक गर्दै छलफलको क्रमलाई तत्काल स्थगित गरेका छन् ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: