संसदमा पुगिसकेको प्रतिवेदन समितिमै फर्काउन माग
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद किरण कुमारीले अघिल्लो सरकारको रकमान्तर विवाद सम्बन्धी प्रतिवेदन पुनः समितिमै फर्काउनुपर्ने माग गरेकी छिन् ।
आर्थिक वर्ष २०७९।८० को रकमान्तर विवाद उत्कर्षमा पुगेपछि प्रदेशसभाले उच्चस्तरीय संसदीय समिति गठन गरेको थियो ।
करिब ६ महिना लगाएर समितिले छानबिन गरी तयार गरेको प्रतिवेदन साउन २० गते संसदमा टेबुल भएको थियो ।
सरकारले बजेट विनियोजन प्रक्रिया र स्थानीय तहलाई वितरण गर्ने प्रणालीमा समितिले प्रश्न उठाएको छ । सरकारले बजेट वितरण प्रणालीमा त्रुटि गरेको ठहर गरिसकेपछि सांसद साहले तत्कालिन सरकारको बचाउ गर्दै प्रतिवेदन समितिमै फिर्ता पठाउन माग गरेकी हुन् ।
Facebook Comments Box