विक्रमको नेतृत्वमा टुर गाइड एशोसिएशन
जनकपुरधाम । मधेश प्रदेशमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले पर्यटकलाई सहजीकरण गर्नका लागि टुर गाइडहरु संगठित भएका छन् ।
धनुषाका विक्रम साहको अध्यक्षतामा गठित एशोसिएशनका पदाधिकारीहरुले शनिबार धनुषाको मिथिलेश्वरस्थित कल्चरल भिलेजको सभाहलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवगठित एशोसिएशनका अध्यक्ष, पदाधिकारी तथा कार्यकारी समिति सदस्यहरुलाई प्रदेशसभा सदस्य राम आशिष यादवले प्रमाणपत्र प्रदानगरी सम्मान गरेका थिए । स्थानीय संस्कृति, कला, खानपान, रहनसहन, कृषि र पर्यापर्यटनको विषयलाई समेत समावेश हुनेगरी पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न यादवले आग्रह गरे ।
समारोहमा वरिष्ठ पर्यटनकर्मी सुदर्शनलाल कर्ण, रुपेश सिंह, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु साह, पर्यटनकर्मी विरेन्द्र साह, रामभगत यादव, राजकुमार ठाकुर, रिता साह, टुर गाइड कृष्णा साह, वनस्पति कार्यालय प्रमुख ताहिर हुसेन, पत्रकार मिश्रीलाल मधुकर, मुकेश ठाकुरलगायत उपस्थित थिए ।