अदालत भन्छ, ‘तलब बढाउ’ प्रधानमन्त्री भन्छन्, ‘सकिदैन’
जनकपुरधाम । तीन दिन अघि मात्रै सर्वोच्च अदालतले नेपाल प्रहरीका वरिष्ठ सईहरुलाई तलब बढाउनुपर्ने आशयको फैसला गर्यो । हिजो (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भने अदालतले फैसला गर्दैमा तलब बढाइहाल्न नसकिने बताएका छन् ।
शुक्रबार कानुन व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्था हेरेर न्यायालयलाई फैसला गर्न पनि आग्रह गरे । ‘देशको अर्थतन्त्रको स्थिति तनखा बढाउने खालको छैन । अदालतले यतियति यो मिति र तिथिमा तलब बढाउ भन्छ, त्यो व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिदैन’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले न्यायालयको पुनर्संरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि सुधारको आवश्यक्ता औंल्याएका थिए ।
Facebook Comments Box