सुन्दर शहरको ‘कुरुप दृश्य’
जनकपुरधाम । जनकपुरधाम एउटा प्रदेशको राजधानी शहरको पहिचान पाएको पनि सात वर्ष पुग्दैछ । हुन त त्यस अघि पनि प्राचिन मिथिलाको राजधानी शहर हो यो ।
आधुनिक समयलाई ध्यानमा राखेर यो शहरको विकासमा धेरै गर्न बाँकी छ, आवश्यक छ । यसका लागि जनताको अपेक्षा अनुरुप जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो गति पक्रन नसक्दा सुन्दर शहरमा कुरुप दृश्यहरु देख्न बाध्य छन्, यहाँ आउने पर्यटकहरु ।
न्यूज आजले यी कुरुप दृश्यलाई बाहिर प्रचार गर्ने होइन, सरोकारवाला पक्षलाई सुधारका लागि ध्यानाकर्षण गर्न प्रकाशन गरिएको हो । यो सुधारको लागि जनस्तरबाट पनि दबाव सिर्जना होस् ।
शब्द/तस्बिरः आरके रंजित/न्यूजआज
Facebook Comments Box