क्लोज क्याम्पमा रास्वपाका नेताहरु

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका शिर्ष नेताहरु क्लोज क्याम्पमा बसेका छन् । दुई दिने क्लोज क्याम्पले नेताहरुलाई पार्टीको मूल्य र मान्यतामा केन्द्रीत रहेर प्रशिक्षित गर्ने हो ।

पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको क्याम्प शनिबार साँझ ७ बजेसम्म जारी रहने जनाइएको छ । पार्टीको विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला र नेतृत्व विकास लगायतको विषय क्याम्पमा समेटिएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

Facebook Comments Box
    ट्याग: