जनकपुरबाट उड्न लागेको विमानमा समस्या

जनकपुरधाम । बुधबार जनकपुरधामबाट काठमाडौंका लागि उड्न तयार रहेको अवस्थामा यति एयरलायन्सको विमानमा समस्या देखिएपछि होल्ड गरिएको छ ।

दिउँसो २ बजे काठमाडौंका लागि उड्न भनेर यात्रुहरु जहाजमा बसिसकेका थिए । उड्नका लागि अन्तिम तयारी गरिसकेको अवस्थामा जहाजमा केही प्राविधिक समस्या देखियो ।

समस्या भन्ने बित्तिकै काठमाडौंबाट होल्ड गरिएको यति एयरका जनकपुर स्टेशन म्यानेजर राजेश सिंहले न्यूज आजलाई जानकारी दिए ।

‘जहाजको सेक्युरिटीको सवालमा हामी अत्यन्तै संवेदनशिल छौं । थोरै प्राविधिक समस्या देखिएपछि हाम्रो चेन कमाण्डमा रिपोर्ट भयो । काठमाडौंले प्राविधिक टोली पठाएर पुर्ण सुरक्षित रहेको प्रमाणित गरेपछि मात्रै उड्न भनेर तत्काल होल्ड गरिएको हो’ सिंहले भने ।

स्टेशन म्यानेजर सिंहका अनुसार बुद्ध एयरको उडानबाट यति एयरको प्राविधिक टोली जनकपुर आउँदैछ ।

उक्त टोलीले प्राविधिक रुपले दुरुस्त छ भनिसकेपछि मात्रै उड्ने भनेर जहाजमा बसेका यात्रुलाई तत्काल विमानस्थलको आराम कक्षमा राखिएको सिंहले जानकारी दिए ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: