पूर्वमन्त्रीलाई ९ महिना कैद ६९ लाख जरिवाना

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलाशले स्रोत नखुलेको सम्पत्ती जोडेर भ्रष्टाचार गरेको ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब साढे २० वर्ष अघि जोशी विरुद्ध मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन २०५९ ले सार्वजनिक पदमा पुगेका व्यक्तिले आफ्नो वैधानिक सम्पत्तीको तुलनामा अस्वभाविक सम्पत्ती आर्जन गर्नु भ्रष्टाचार साबित हुने भनेको छ । कानुनको सोही प्रावधानले दुई दशकपछि जोशीलाई दोषी ठहर गरेको हो ।

Facebook Comments Box