‘रेल आउला व्यापार बढ्ला भनेको त उल्टै भयो’
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले जनकपुरधाम–जयनगर रेल सञ्चालन भएपछि यो सहरको व्यापार धारासायी भएको बताएका छन् ।
शनिबार संघको ५७ औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष साहले भने, ‘जनकपुरधामदेखि भारतको जयनगरसम्म ब्रोडगेज रेल सञ्चालन भएपछि यहाँको व्यापार, व्यवसायमा वृद्धि हुने हाम्रो अपेक्षा थियो । तर, सञ्चालनमा आएपछि उल्टै परिणाम देखिन थाल्यो ।’
साहले भारतीय क्षेत्रसमेत पूर्वी भेगका मानिसहरुलाई यातायातको साधनमा सहज पहुँच भएर जनकपुरधाममा आएर दिनभर व्यापार गरी बेलुका फर्किने अपेक्षा राखेका थिए । तर, जनकपुरधाम र वरिपरिका मानिसहरु नै बिहान रेल चढेर जयनगर पुग्ने दिनभर किनमेल गरी साँझ घर फर्किने गरेको अनुभव उनले गरिरहेको बताए ।
‘अब यो रेलबाट जनकपुरधाम क्षेत्रका व्यवसायीको पक्षमा केही गर्न सक्ने हो भने बिहान जयनगरबाट रेल आउने र साँझ फर्किने टाइमिङ मिलाउन सक्नुपर्छ’ वरिष्ठ उपाध्यक्ष साहले भने ।
भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने यस भेगका उपभोक्ताको प्रवृतिलाई निरुत्साहित गर्न साहले स्थानीय तहका जनप्रतिनिधि र प्रहरीसँग आग्रह गरेका छन् ।
‘गंजी, जाँघिया र चियापती मात्रै किनेर जनकपुरधामको व्यापार फस्टाउँदैन’ साहले भने, ‘विवाह, व्रतबन्ध र श्राद्धभोजको नाउँमा सीमापारीको बजारबाट भएभरको दैनिक उपभोग्य वस्तु खरिद गर्ने हाम्रो प्रवृतिले जनकपुरधाम क्षेत्रको बजार व्यवसाय सुक्दैछ ।’
जितेन्द्र महासेठ नेतृत्वको संघको ५७ औं सधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । यसका लागि अगामी भदौ २९ गते निर्वाचन प्रक्रियामा जाने योजना संघको छ । सभाले महासेठको तीन वर्षीय कार्यकालको समिक्षा गरेको छ ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २८, २०८१मन्त्रीलाई गुलाबको फुल
- Main Newsकार्तिक २८, २०८१शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
- Main Newsकार्तिक २८, २०८१धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा