सरकारलाई नटेर्ने डाक्टर कसरी भए निर्देशक ?
जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले आफुलाई तलब खुवाउने सरकारलाई नटेरेको आरोप लागेको छ ।
संघीय सरकारका कर्मचारी रहेका पण्डितलाई गत (२०८०) फागुन २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गर्यो । नियमले दिएको अधिकारलाई नै उपभोग गर्ने हो भने पनि पण्डितले जेठ २८ गतेभित्र मन्त्रालयले गरेको सरुवा भएको ठाउँमा हाजिर हुनुपर्ने हो । तर, उनले सरकारको उक्त निर्णयलाई टेरेन ।
हाल मधेश प्रदेश सरकारको मातहतमा सञ्चालित जनकपुर प्रादेशिक अस्पतालमा उनी निर्देशक छन् । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपतिको हैसियतले चिकित्सा निर्देशक पदमा उनलाई नियुक्त गरेको बुझिएको छ ।
संघीय सरकारका कर्मचारी डा. पण्डितले विभागीय मन्त्रालयलाई नटेरेको भन्दै कारबाहीको कुरा उठेपछि गत असार २० गते यस प्रदेशमा काज सरुवा गराएर आएका छन् ।
‘कानुनले नमिल्ने काम राजनीति पहुँच र आर्थिक चलखेलको आधारमा पण्डितले गरेका हुन् । यहाँ (प्रसूति केन्द्र) मा भन्दा बढ्ता आम्दानी गर्ने ठाउँ रोजेर उनले काज सरुवा गराएर गएको हो’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका एक जना चिकित्सकले न्यूज आजसँग भने ।
जनकपुर प्रादेशिक अस्पतालमा डा. पण्डित निर्देशक पदमा नियुक्त भएर आएदेखि दलाली बढेको गुनासो स्थानीयको छ । यस अघि पनि दर्जनौ पटक प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका बिरामीलाई बाहिर निजी अस्पतालमा पुर्याउन डाक्टरहरुकै संलग्नता ठहर भएको हो । तर, राजनीतिक पहुँच र आर्थिक चलखेलकै आधारमा सबै घटना ढाकछोप गर्ने प्रवृतिले सर्वसधारणमा आक्रोश बढेको देखिन्छ ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २८, २०८१मन्त्रीलाई गुलाबको फुल
- Main Newsकार्तिक २८, २०८१शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
- Main Newsकार्तिक २८, २०८१धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा