सर्लाहीमा पूर्वमन्त्रीको हत्या

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य एवम् पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या भएको छ ।

आइतबार राति पूर्व मन्त्री यादवलाई आफ्नै घरमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रविन्द्र कुमार सिंहले जानकारी दिए ।

सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका –१, रत्नपुरस्थित यादवको आफ्नै घरमा अज्ञात समूहले हत्या गरेको परिवारजनले जनाएको छ ।

‘घटना अत्यन्तै गम्भिर प्रकृतिको देखिएको छ । हामीले जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छौं । अहिले पनि म अनुसन्धान टिमसँगै छलफलमा छु’ एसपी सिंहले न्यूज आजसँग भनेका छन् ।

उनले डिएसपी दिपक श्रेष्ठको कमाण्डमा सुक्ष्म अनुसन्धान टोली गठन गरी गम्भिरतापुर्वक घटनावारे छानबीनमा लागेको बताए ।

Facebook Comments Box