मधेशमा थपिए पाँच मन्त्री – चार कांग्रेस, एक लोसपा

जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारमा पाँच जना मन्त्री थपिएका छन् । बिहीबार साँझ ८ बजे प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् ।
नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसका सुनिल यादवलाई अर्थ मन्त्रालय, जनार्दन सिंह भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शेषनारायण यादवलाई उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायलाई श्रम तथा यातायात मन्त्रालय दिइएको छ ।
त्यस्तै, लोसपाकी रानी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार बिहान पदभार ग्रहण गर्ने जनाइएको छ ।
Facebook Comments Box