सबैजना पहिलो पटक मन्त्री बन्दै

जनकपुरधाम । मधेश प्रदेश सरकारमा बिहीबार नेपाली कांग्रेसका चार जना मन्त्री सहभागी हुँदैछन् । उनीहरु सबै नयाँ अर्थात् पहिलो पटक मन्त्री बन्दैछन् ।

अर्थ मन्त्रालयको बागडोर सम्हाल्न लागेका सुनिल कुमार यादव नेपाली कांग्रेस रौतहट जिल्लाका सभापति हुन् । रौतहट ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले कुनै पनि सरकारमा बसेर काम गर्ने अवसर पहिलो पटक पाउँदैछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी जनार्दन सिंह क्षेत्रीलाई जाँदैछ । क्षेत्री पर्सा ३ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनले पनि सरकारमा बसेर काम गरेको अनुभव यसभन्दा अघि लिएका छैनन् ।

शेषनारायण यादव धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी सांसदको रुपमा पनि पहिलो पटक जितेका छन् । उनका लागि पनि यो सरकारमा बसेर काम गर्ने पहिलो अनुभव रहनेछ ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य कौशल किशोर यादवले जनमत नेतृत्वको वर्तमान सरकारमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ।

शिक्षक पृष्ठभूमिका कौशल पनि पहिलो पटक सांसद भएका हुन् भने सरकारमा मन्त्रीको रुपमा काम गर्ने अवसर पनि पहिलो पटक लिँदैछन् ।

Facebook Comments Box
    ट्याग: