सबैभन्दा बढी मन्त्री भएको प्रदेश ‘मधेश’, जिल्ला ‘पर्सा’
जनकपुरधाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा सबैभन्दा बढी मन्त्री हुने प्रदेशको रुपमा मधेश कायम भएको छ । त्यसमा पनि सबैभन्दा बढी मन्त्री भएको जिल्लाको नाम लिने हो भने पर्साको नाम आउँछ ।
सोमबार ओलीको नेतृत्वमा गठन भएको सरकारमा नेपाली कांग्रेसबाट दुई जना, जसपाका दुई जना, लोसपाका एक जना र एमालेका एक जना मन्त्री भएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट पर्साका अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने सप्तरीका तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । पर्सा मधेश प्रदेशको सबैभन्दा पश्चिममा पर्ने जिल्ला हो भने सप्तरी सबैभन्दा पूर्वमा ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जसपाको तर्फबाट पनि पर्सा र सप्तरीबाटै दुई जनालाई मन्त्री बनेका छन् । जसपाबाटै पर्साका प्रदिप यादवलाई खानेपानी मन्त्री बनाइएको छ । त्यस्तै, नवलकिशोर साह सुडीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिएको छ ।
नेकपा (एमाले) बाट पनि पर्साकै राजकुमार गुप्तालाई मन्त्री बनाएको छ । मधेश प्रदेशबाट एकजनालाई मन्त्री बनाउनुपर्ने अवस्थामा एमालेले गुप्तालाई चयन गरेको हो । गुप्तालाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बनाइएको छ ।
त्यस्तै, लोसपाले पाएको एक मात्र कोटामा मधेश प्रदेशकै नेतालाई मन्त्री बनाएको छ । लोसपाको सिफारिसमा महोत्तरीका शरदसिंह भण्डारीलाई श्रम मन्त्रीको जिम्मेवारी दिइएको छ ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?