प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार बिहान साढे ११ बजे राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्षलगायतको उपस्थिति थियो ।
Facebook Comments Box