महोत्तरीमा गोली हानेर डाँका आरोपी पक्राउ

महोत्तरी । महोत्तरीसमेत आसपासका जिल्लाहरुमा निरन्तर डाँका काण्ड गर्दै आएको आरोप लागेका एक जनालाई गोली हानेर प्रहरीले पक्राउ गरको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका –२ बस्ने ४० वर्षीय विजेन्द्र पासवानलाई प्रहरीले आइतबार अबेर राति महोत्तरीको सोनमा गाउँपालिका –५, खैरवनीबाट पक्राउ गरिएको हो ।

डाँकाको रुपमा कुख्यात पासवानलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले न्यूज आजलाई जानकारी दिएको छ ।

सर्लाहीमा पासवान बस्ने बस्ती कुनै बेला धनुषामै बसेर डकैतीलाई पेशाकै रुपमा अँगालेकाहरुलाई पुनर्वास गराइएको बस्ती हो । यो बस्तीबाट फाटफुट रुपमा अहिलेसम्म डाँका मुद्दामा संलग्न रहने घटना सार्वजनिक भइरहेको छ ।

Facebook Comments Box
    ट्याग: