कांग्रेसका लेखकले दाहाललाई फर्काए जवाफ

जनकपुरधाम । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत माग्ने क्रममा आक्रोस पोखेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कडा जवाफ दिएका छन् ।

दाहालले भएभरको परिवर्तन माओवादी युद्धले ल्याएको भनेका थिए भने लेखकले माओवादीलाई युद्धबाट शान्तिमा ल्याउने कांग्रेस नै भएको जिकिर गरे ।

दाहालले कांग्रेस र एमाले मिलनले प्रतिगमन आउने जिकिर गरेकोमा लेखकले स्थिरता र अग्रगामी परिवर्तनका लागि दुई ठूला दल मिल्न बाध्य भएको दावी गरे ।

समावेशी र समानुपातिक व्यवस्थालाई समाप्त पार्न यी दुई दल मिलेको दाहालको आरोपलाई खण्डन गर्दै लेखकले समाप्त हुन लागेको व्यवस्थालाई जोगाउन मिल्नु परेको ठोकुवा गरे ।

लेखकले भने नेपाली कांग्रेस जन्मेको दिनदेखि आजसम्म लोकतन्त्रकै लागि समर्पित भएर काम गरेको जिकिर गर्दै संविधान कांग्रेसले ल्याएको र कांग्रेसले नै रक्षा गर्न अग्रसर रहेकोले अर्ती उपदेश नदिन सुझाव दिए । उनले भने संविधानलाई पूजाकोठामा थन्क्याउन हुँदैन, चलायमान बनाउनुपर्छ ।

कांग्रेस र एमाले मिलेर आजसम्म देशमा सकारात्मक परिवर्तन ल्याएको थुप्रै उदाहरण लेखकले पेश गरे ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज