सत्ताच्यूत हुँदाको पीडा प्रस्तुत गर्दै प्रचण्डले मागे विश्वासको मत
जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिन संसदमा बोल्ने अवसर पाउँदा आफुलाई सत्ताच्यूत गर्न लागेको कांग्रेस–एमालेलाई चुनौति नै चुनौति दिएका छन् ।
दुई ठूला दलले मिलेर संविधान संशोधन गर्ने नाउँमा मुलुकलाई प्रतिगामी दिशामा लग्न खोजेको आरोप दाहालले लगाए । दाहालले बोलिरहँदा व्यक्त गरेको प्रमुख कुराहरुः
आरोपहरु
बिचौलियाको होटल र घरमा बसेर दुई दलले सहमति गरे ।
संशोधनको नाउँमा २०४७ सालको संविधान ल्याउन खोज्यो ।
महिला, दलितको प्रतिनिधित्व समाप्त गर्ने षडयन्त्र ।
साना दलहरुलाई समाप्त पार्ने योजना ।
चुनौति
सक्नुहुन्छ भने प्रत्यक्ष कार्यकारी प्रमुख हुने निर्वाचन प्रणाली ल्याऔं ।
भाषणमा होइन, राज्यको सबै निकायमा महिलालाई ५० प्रतिशत उपस्थिति हुनेगरी संविधान संशोधन गरौं ।
दलितलाई १३ प्रतिशत सहभागिता सुनिश्चित गरौं ।
जनताको अधिकार रोक्न सकिदैन ।
माओवादी युद्धले राप र तापले जनता जागेका छन् ।
बहुमतको आडमा जिस्क्याउने प्रयास नगर्नुहोला ।
यस्तो गर्नुभो भने ठूलो प्रतिरोध हुन्छ ।
प्रचण्डलाई जिस्क्याउने काम नगर्नुहोला ।
हिजोको जस्तो क्रान्तिको अवस्था फेरि नफर्कियोस् ।
क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिटै नजन्मिन सक्छन्, तर, तपाईहरुले धोका दिए महँगो पर्छ ।
तपाइहरुले कमजोर मानेको थारुको बलिदान सम्झनुस् ।
मधेश आन्दोलन सम्झनुस् ।
जनयुद्धले भत्किएको इतिहास नबिर्सिनुस् ।
यो संविधान जनक्रान्तिको दस्ताबेज हो । जनताले लडेर बनाएको संविधान हो । ठटा नसम्झनुस् ।
सीमान्तकृत आन्दोलनको राप र ताप छ यो संविधानमा ।
नयाँ क्षेत्रीय पार्टीलाई मेरो प्रश्न छ, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई गर्भमै सिध्याउने कसरत त भएको छैन ?
तपाईहरुले आज भोट जतासुकै हाल्नुस् मलाई कुनै टेन्सन छैन तर के यो तपाईलाई मञ्जुर छ ?
थारुले पनि पार्टी बनाउने ? मधेशीले पनि पार्टी बनाउने ? भन्ने मैले सुनेको छु ।
मलाई विश्वासको मत दिनुस् नदिनुस् तर सचेत हुनुस् ।
तपाईहरु नयाँ सरकार बनाउँदा पनि संविधान नमिच्नुहोला ।
कांग्रेससँग मेरो बेग्लै अनुरोधः संविधान बचाउनुहोला ।
संविधान नकुल्चिएसम्म बहादुर भइदैन भन्ने सोच पाल्नेहरु पनि सहमति गर्छ ।
अपवाद बाहेक मैले तपाइहरु सबैको मत कुनै न कुनै बेला पाएको छु । कहिले सबैको पाएँ । कहिले आशिंक पाएँ । सायद आज पाउँदिन होला ? तर, तपाईहरुको मन पग्लेर फेरि शतप्रतिशत हाल्नुहुन्छ कि ? तर, म भन्छु अब नहाल्नुहोला । म हारेको अनुभव पनि गर्न चाहन्छु ।
तारिफ
ओलीलाई मान्नुपर्छ, कांग्रेससँग मलाई फुटाउन इमोश्नल ब्ल्याकमेल गर्नुभो ।
कांग्रेससँग लागेर कम्युनिष्टलाई सिध्याउने अनि हामी कहाँ पुग्छौं भनेर ओलीले भन्दा म पनि भ्रममा परेर कांग्रेससँग अलगिए ।
जसलाई मैले वामपन्थी सम्झे त्यो षडयन्त्र रहेछ भनेर बल्ल थाहा पाएँ ।
समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरें । म लामा लामा भरोसामा अल्मलिए ।
१७ गते बिहान स्वर्ग र नर्क सँगै जाने भनियो, म ढुक्क भएर मक्ख भएँ । म फुर्किदै उपप्रधान र मन्त्रीहरुलाई केही हुँदैन, एमाले अध्यक्षसँग चार घण्टा कुरा गरेर आको छु ढुक्क भएर काम गर्नुस् भनेको त कस्तो लाटो म ? सोही दिनको साँझ अर्कै खेल पो हुनपुग्यो ।
नयाँ सत्ता समिकरण बनाइरहेका साथीहरुलाई यति भन्न चाहन्छु, अगाडीबाट मुसारेर पछाडीबाट……यस्तो नहोस् । मेरो शुभकामना छ ।
तपाईहरु मिल्नुस् मलाई टेन्सन छैन ।
पहिलो पटक मिल्नुभएको पनि होइन, अन्तिम पटक होला भन्ने पनि होइन ।
मिडिया, कुटनीतिक निकाय, मन्त्रीहरु, कर्मचारी, सुरक्षाकर्मीलाई धन्यवाद ।
अधिकार रक्षाको लागि निरन्तर लडिरहनेछु ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?