सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेकाे संसदीय समितिमा काे-काे बने सदस्य ?

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ । संसद्को बैठकले समितिको घोषणा गरेकाे छ । समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन् ।

नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

स्रोतका अनुसार एमालेले सहकारी संस्था बचत रकम संसदीय छानबिन समितिको सभापतिमा थापालाई प्रस्ताव गरेको छ ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज

    ट्याग: