अनुशासनहिन भन्दै जनमत केन्द्रीय सचिवलाई निलम्बन
जनकपुरधाम । जनमत पार्टीले केन्द्रीय सचिव विपि साहसमेत सातजना नेतालाई अनुशासनहिन काम गरेको भन्दै निलम्बन गरेको छ ।
पार्टी अनुशासन विभागकी सदस्य सचिव एवम् पार्टी केन्द्रीय सचिव अनिता कुमारी मण्डलले बुधबार प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको जनाएकी छिन् ।
केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनको आधारमा पार्टीको नीति, निर्देशन र विधान विपरित अनुशासन हिनता प्रदर्शन गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टी केन्द्रीय सचिव साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगर सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघका पूर्व सिरहा अध्यक्ष अरबिन्द सहनी, कार्यकर्ताहरु धिरज कामती, अनिता कुमारी यादव र दिप नारायण यादवलाई निलम्बन गरिएको हो ।
अनुशासनहिनता प्रदर्शन गरेको भन्दै कारबाहीमा परेकाहरुको बारेमा केन्द्रीय पार्टी कार्यालय, धनुषा पार्टी कार्यालय र सिरहा पार्टी कार्यालयलाई बोधार्थ गरिएको छ ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २४, २०८१प्रशासकीय अधिकृतको असहयोगले बहुदरमाइमा समस्या
- Main Newsकार्तिक २४, २०८१गैंडाको आक्रमणबाट टुरगाइड घाइते
- Main Newsकार्तिक २३, २०८१उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
- Main Newsकार्तिक २२, २०८१आज छठ मनाइँदै