रास्वपालाई रवि क्लबले हाइज्याक गरेको छ-मुकुल ढकाल
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।
आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् ।
उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।
ढकालले आफुलाई प्रचलित कानुन विपरित कारवाही गरिएको बताउदै राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफुलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।
उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफु अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।
आफुलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?