संघपछि बागमती सरकार अल्पमतमा पर्दै
जनकपुरधाम । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समिकरणका लागि सहमति गरेलगत्तै माओवादी नेतृत्वको संघीय सरकार अल्पमतमा परिसकेको छ ।
त्यसको तीन दिन नबित्दै माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमती प्रदेश सरकारबाट पनि एमालेले समर्थन फिर्ता लिँदैछ । एमाले बाहिरिने बित्तिकै बागमती सरकार पनि अल्पमतमा पर्नेछ ।
पाँच जना मन्त्रीसहित बागमती प्रदेशमा सत्ता साझेदार रहेको एमाले सरकारबाट सम्भवतः शुक्रबारै बाहिरिने मनस्थितिमा रहेको पार्टी स्रोतले जनाएको छ । शुक्रबार मन्त्रीहरुले राजीनामा गर्दै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारीमा मन्त्रीहरु रहेको स्रोतले जनायो ।
प्रतिनिधिसभामा रहेका दुई ठूला दल मिलेपछि संघमा एमाले र बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति छ । अन्य प्रदेशहरुमा पनि फेरिएको सत्ता समिकरणले असर गर्ने सम्भावना देखिएको छ ।
Author Profile
Latest entries
- Main Newsकार्तिक २८, २०८१मन्त्रीलाई गुलाबको फुल
- Main Newsकार्तिक २८, २०८१शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
- Main Newsकार्तिक २८, २०८१धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा