धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा पोखरीमा डुबेर बिहीबार तीन जना बालिकाको मृत्यु भएको छ । नुहाउनका लागि पोखरीमा पसेका उनीहरुले वर्षाको पानीले सतह बढेको अनुमान लगाउन नसक्दा डुबेर ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।

धनौजी गाउँपालिका –५ बस्ने कलिम खान, हलिम खान र अब्दुल खानकी छोरीहरुको पोखरीमा डुबेर ज्यान गएको छ । कलिमकी छोरी १० वर्षीया अजमेरी, हलिमकी छोरी ११ वर्षीया जिनत र अब्दुलकी छोरी ११ वर्षीया मुस्कान सँगै नुहाउन भनेर पोखरीमा पसेका थिए । अन्य दिनको तुलनामा वर्षाले पोखरीमा पानीको सतह बढेको उनीहरुले चालै नपाई पहिले जस्तै हाम फालेर रमाउन खोज्दा ज्यान गुमाउनु परेको प्रहरीको भनाई हो ।

पोखरीमा हाम फालेका तीनैजना डुब्न लाग्दा स्थानीय एक युवाले सबैको उद्धार गरेका थिए । लगत्तै उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा लगियो । तर, अस्पताल नपुग्दै एक जनाको मृत्यु भइसकेको थियो भने बाँकी दुई जनाको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज

    ट्याग: