प्रदेशस्तरीय महिला कबड्डीः सिरहाविरुद्ध पर्साको फराकिलो जीत

जनकपुरधाम । बिहीबारदेखि जनकपुरधामस्थित मोनाष्टिक आवासीय विद्यालय परिसरमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेको प्रतियोगिताको प्रथम खेलमा सिरहाविरुद्ध पर्साले फराकिलो जीत हासिल गरेको छ । पर्साले ४७ अंक ल्याउँदा सिरहा जम्मा १ अंकमा सिमित रहन पुग्यो ।

प्रतियोगितामा मधेश प्रदेशका विभिन्न सात जिल्लाबाट महिला टिमले भाग लिएका छन् । रौतहट जिल्लाबाहेक सबै जिल्लाबाट एक टिमको दरले प्रतियोगितामा सहभागी रहेको प्रदेश कबड्डी संघका अध्यक्ष सरोज सिंहले जानकारी दिए । यो प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक टिमका सदस्य कल्याण भुजेलले जनाए ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज