मुखमा टेप टाँसेर बैठकमा बसे रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप टाँसेर पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समितिमा हुने छलफलको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गर्दै आएका महामन्त्री ढकालले उक्त माग सुनुवाई नभएपछि मुखमा टेप टाँसेर बैठकमा सहभागी भएका हुन् । बैठकमा बोल्न पाउनुपर्ने लोकतान्त्रिक अधिकार हनन् भइरहेको गुनासो ढकालको छ ।

बुधबार बसेको बैठकमा महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछाने समक्ष बुझाएको प्रतिवेदन उपर छलफल हुनेछ ।

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज

    ट्याग: