कांग्रेस–एमाले मिलेर पनि बहुमत नपुग्ने एकमात्र प्रदेश

जनकपुरधाम । ठूला दलहरुले एका–अर्कालाई सिध्याउने दाउमा लाग्दा साना दलहरुको कारण अस्थिर भइरहेको राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिन पहिलो पटक संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैछ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुरुप यी दुई दल मात्रै मिल्दा पनि संघीय सरकारका लागि गणितीय समिकरण दुई तिहाई नजिक पुग्न जान्छ । प्रादेशिक सरकारका लागि पनि सात मध्ये छ प्रदेशमा कांग्रेस–एमाले मिलेपछि सरकार बनाउन चाहिने बहुमत सहजै पुग्छ । तर, मधेश प्रदेशको अंकगणित भने फरक छ ।

१ सय ७ जना सांसद रहेको मधेश प्रदेशसभामा सरकार बनाउन चाहिने न्युन्तम सांसदको संख्या ५४ आवश्यक पर्छ । यहाँ कांग्रेस–एमाले एकठाउँमा आउँदा ४६ मात्र हुन आउँछ । अर्थात् यी दुई दल मिलेर पनि सरकार बनाउन कम्तीमा ८ जना सांसद अपुग हुँदोरहेछ ।

मधेश प्रदेशसभामा एमालेसँग २५ सांसद छन् भने कांग्रेसका २२ । जसपासँग १९ सांसद छन् । यो प्रदेशमा चौथो ठूलो दलको स्थानमा रहेको जनमतसंग १३ सांसद छन् । माओवादीका ९, लोसपाका ९, एकीकृत समाजवादी पार्टीका ७ सांसद् छन् । ती मध्ये लोसपाका एक जना हाल निलम्बित छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीका एक–एक जना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका छन् ।

Facebook Comments Box