कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार नयाँ बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जनाए । उनले भने, ‘नयाँ गठबन्धनले सरकार बनाउने प्रक्रिया अगाडी बढाउने बित्तिकै रास्वपा सरकारबाट बाहिरिन्छ ।’

Facebook Comments Box