राजीनामा गर्न तयार छैनन् प्रधानमन्त्री दाहाल

जनकपुरधाम । एमालेको साथ पाएको चार महिना नपुग्दै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिन तयार छैनन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले एमालेले साथ छाडेकै आधारमा तुरुन्तै प्रधानमन्त्री दाहालले राजीनामा गरिहाल्न नहुने निष्कर्षमा पुगेको हो ।
सत्ता साझेदार दलहरुमध्ये कुनै एक वा एकभन्दा बढी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिइहाले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार विश्वासको मत लिने नसकिए मात्रै संवैधानिक प्रक्रिया अघि बढ्ने बैठकले निर्णय गरेको माओवादीका सचिव देवेन्द्र पौडेलले जनाएका छन् ।
Facebook Comments Box