सरकार फेरिदै, कांग्रेस–एमाले छुट्टाछुट्टै बस्दै

काठमाडौं । सोमबार मध्यराति भएको सहमति अनुरुप सत्ता सञ्चालनका लागि नयाँ गठबन्धन बनेको छ ।

यो सहमतिसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने सरकारको सहयात्री नेपाली कांग्रेस बनेको छ । अब पुष्पकमल दाहालको माओवादी र रवि लामिछाने नेतृत्वको रास्वपा लगभग सरकारबाट बाहिरिने निश्चित भएको छ ।

ओली नेतृत्वको नयाँ सत्ता समिकरणको रणनीति बनाउन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले आ आफ्नो दलको बैठक आह्वान गरेको छ । नयाँ सरकारको कार्यदिशाको विषयमा उक्त दलीय बैठकहरुले निष्कर्षमा पुग्ने बताइएको छ ।

कांग्रेसले बोलायो पदाधिकारी बैठक
नेपाली कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने भएको छ । गएराति एमालेसँग सत्तासझेदारी गर्न पार्टी नेतृत्वले गरेको निर्णयलाई पदाधिकारी बैठकले अनुमोदन गर्ने एजेण्डा रहेको पार्टीका एकजना नेताले जानकारी दिए ।

एमालेले बोलायो सचिवालय बैठक
एमालेले दिउँसो ३ बजेको लागि सचिवालय बैठक आह्वान गरेको हो । नेपाली कांग्रेससँग गर्न लागेको सत्तासाझेदारको विषयमा उक्त बैठकले छलफल गर्नेछ । एमालेले माओवादी केन्द्रसँग सत्ता समिकरण फुटाएर नेपाली कांग्रेससँग जोडिन लागेको हो ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज