कान्तिपुरका अध्यक्ष सिराेहियालाई काठमाडाैँ लग्ने तयारी
काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको आदेशमा थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ लग्ने तयारी गरिएको छ ।
गत बिहीवार स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि एयर लिफ्ट गरेर काठमाडौँ लग्ने तयारी गरिएको हाे । सिराेहियाका परिवारजनका अनुसार जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ लग्ने प्रक्रिया सुरु गरिएको छ ।
पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।
उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।
Facebook Comments Box