बटेश्वरमा आँप मेला
जनकपुरधाम । फलको राजा भनेर चिनिने आँपको प्रबद्र्धन गर्न धनुषाको बटेश्वरमा पहिलो पटक आँप मेला आयोजना गरिएको छ ।
मधेशमा फल्ने आँपको विभिन्न प्रजातिवारे नयाँ पुस्तालाई जानकारी गराउनेदेखि बजार प्रबद्र्धनको उदेश्यले मेला आयोजना गरिएको स्थानीय पत्रकार फुलगेन्द महतोले जानकारी दिए । आँपको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको बटेश्वर क्षेत्रमा फल्ने आँपलाई राष्ट्रिय बजारमा पहिचान दिलाउने मेलाले टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
बटेश्वर गाउँपालिका –१ मा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको मेलामा स्थानीय करिब तीन सय प्रजातिका आँपको फल प्रदर्शनीमा राखिएको छ । मेला अवलोकन गर्न आउने अतिथिलाई निःशुल्क आँप खाने प्रबन्ध गरिएको छ ।
मेलामा डोलमा, सिपिया, बम्बई, आम्रपाली, केरबा, गुलाबखास, कलकतिया, नजरा बमोइ, माल्दह, लालमोहन, फौजली लगायत आँप फल प्रदर्शनमा राखिएको छ ।