प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन

जनकपुरधाम । मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकार द्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यन्वयनको अवस्था निकै कम्जोर देखिएको उल्लेख गरेका
छन् ।

सो पत्रमा विगत केही वर्ष देखि राज्यको विभिन्न अंगहरु जस्तै कुटनीतिक नियोग, संवैधानिक निकाय आदिहरुमा हुने नियुक्तिमा मधेशी समुदायको शुन्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानकर्षण भएको बताइएको छन् ।

यसरी राज्यको विभिन्न महत्वपूर्ण निकायहरुमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको विषय निकै चिन्ताजनक भएको समेत पत्रमा उल्लेख गरिएको छन् ।

सो पत्र मार्फत आयोगले आगामी दिनहरुमा हुने नियुक्तिहरुमा समानुपातिक समावेशिता तथा समानताको सिद्धान्तलाई अक्षरसः कार्यान्वयन हुने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आजै आयोगले सो विषयमा प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज